विश्व विजेता स्पेनको ४३ खेल लामो अपराजित यत्रामा ब्रेक लागेको छ।
युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा ३–२ ले हराउँदै इंग्लयान्डले स्पेनको विजयी यात्रामा ब्रेक लगाएको हो।
मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३–० को अग्रता बनाएको थियो । पछि स्पेनले दुई गोल फर्काएपनि हार टार्न सकेन।
ह्यारी केनले ४५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई पहिले अग्रता दिलाएका थिए । एज्री कोन्साले ५३औं र बेन ह्वाइटले ५७औं मिनेटमा गोल गर्दै इंग्लयान्डले ३–० को अग्तरा दिलाएका थिए।
तीन गोलको अग्रता लिएको अवस्थामा इंग्लयान्डका एलिओट एन्डरसन रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटियो। लामिन यमाललाई फल गरेपछि एन्डरसनले रातो कार्ड पाउ स्पेनले पेनाल्टी अवसर पायो। त्यसमा मिकेल ओजाबायलले ६५औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे।
त्यसयता ७५औं मिनेटमा निको विलियम्सले दोस्रो गोल गरे। तर त्यसपछि गोल थप्न सकेन।
युइएफ नेसन्स लिगको लिग ए अन्तर्गत ग्रुप थ्री मा रहेका स्पेन र इंग्लयान्ड यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । समूहको अन्तिम खेल जितेपछि इंग्ल्यान्ड शीर्ष स्थानमा उकद्या स्पेन दोस्रो स्थानमा रह्यो।
