सामग्रीमा जानुहोस्
मंगलबार, मंसिर १, २०८३

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान

साफ च्याम्पियनसिप २०२६ को फाइनल भारत र पाकिस्तानबीच हुने भएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार भएका पहिलो सेमिफाइनलमा भारतले भुटानलाई २–१ ले हरायो । यस्तै, पाकिस्तानले दोस्रो सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्न सफल रह्यो ।

बंगलादेशको ढाकामा भएको अन्तिम चारको पहिलो खेलमा भारतले विष्णु पीभीले आठौँ मिनेटमा गरेको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि चिंगलेनसाना सिंहले २७औँ मिनेटमा दोस्रो गोल थपे । भुटानका लागि ४८औँ मिनेटमा टोबडेनले एक गोल फर्काए ।

दोस्रो सेमिफाइनलमा आयोजक बंगलादेशमाथि स्तब्धपूर्ण जित निकाल्ने क्रममा पाकिस्तानका लागि अब्दुल अर्सदले ८६औँ मिनेटमा निर्णायक गोल गरे । पाकिस्तान साफ च्याम्पियनसिपको फाइनल पुगेको यो नै पहिलो पटक हो । उपाधिको भिडन्त आइतबार हुनेछ ।

सेयर गर्नुहोस्

1.3KShares