फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

6 Jun, 2025
Share:
117 Shares

स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सलाई ५–४ले हराउँदै स्पेन फाइनलमा पुगेको हो।

अब उसले उपाधिका लागि पोर्चुगलसँग खेल्ने छ। पोर्चुगल जर्मनीलाई हराउँदै यसअघि नै फाइनल पुगिसकेको थियो।

खेलमा स्पेनका लागि लमिन यमालले २ गोल गरे भने निको विलियम्स, मिकेल मेरिनो र पेड्रीले गोल गरे। यता, फ्रान्सका किलियन एम्बाप्पे, रायन चार्की र कोलो मुआनीले गोल गर्दा एक गोल आत्मघाती भएको थियो।

खेलमा स्पेनले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो भने फ्रान्सले सबै गाल दोस्रोहाफमै गरेको थियो।

खेलमा २२ औं मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता लियो। २५औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। ५४औं मिनेटमा स्पेनका लागि यमालले तेस्रो गोल गरे। ५५औं मिनेटमा पेड्रीले गोल गोल गरेपछि खेलमा स्पेनले ४–०को अग्रता लियो।

५९औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे। तर, पुनः यमालले ६७औं गोल गर्दै स्पेनलाई ४ गोलकै अग्रतामा ल्याए।

त्यसपछि ७९औं मिनेटाम चार्कीले गोल गर्दै खेलालाई ५–२को अवस्थामा ल्याए। ८४औं मिनटमा डानी भिभियनले आत्मघाती गोल गरेपछि खेल ५–३को अवस्थामा आयो। त्यसपछि कोलो मुआनीले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे पनि त्यसले फ्रान्सको हार टार्न भने सकेन।

खेलमा दबाब भने पूर्ण रुपमा फ्रानसले बनाएको थियो। उसले ५७ प्रतिशत बल पोजेसन बनाउँदै २४ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो। यता, स्पेनलले १६ सटमध्ये ८ सट फ्रेममा प्रहार गरेको थियो।