थ्री स्टारले जित्यो विराट गोल्डकपकाे उपाधि

13 Mar, 2025
Share:
117 Shares

ललितपुरको थ्री स्टार क्लबले नवौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सहिद रंगशालामा बुधबार भएको फाइनलमा थ्री स्टारले उत्कृष्ट फर्ममा रहेको चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै उपाधि हात पारेको हो।

थ्री स्टारले दोस्रोपटक ट्रफी उचालेको हो । थ्री स्टारका खेमराज श्रेष्ठले पाँचौँ मिनेटमा १–० को अग्रता दिलाएका थिए। खेलको ६३औँ मिनेटमा दीपेश घलेले थ्री स्टारलाई २–० को अग्रता दिलाएका थिए । च्याम्पियन थ्री स्टारले ११ लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पायो।

विधागत पुरस्कारमा पनि थ्री स्टार हावी रह्यो। उत्कृष्ट प्रशिक्षक थ्री स्टारका गणेश खड्का, उत्कृष्ट गोलरक्षक थ्री स्टारका विवेक मगर र उच्च गोलकर्ता पनि थ्री स्टारका दीपेश घले घोषित भए । उनीहरुले जनही १५ हजार पाए। गोल्डकपका सर्वोकृष्ट खेलाडी भएका थ्री स्टारका खेमराज श्रेष्ठले ५१ हजार रुपैयाँ पाए ।

थ्री स्टारले क्वार्टरफाइनलमा मच्छिन्द्र र सेमिफाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो।