संकटालाई हराउँदै एपिएफ तिलोत्तमा गोल्डकपको फाइनलमा

26 Mar, 2025
Share:
117 Shares

विभागीय टिम एपिएफ क्लब तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टर मैदानमा भएको खेलमा संकटा क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो।

एपिएफलाई जित दिलाउन युवराज खड्काले निर्णायक गोल गरे। उनले दोस्रो हाफको अन्त्यतिर गोल गरेका थिए।

अब एपिएफले उपाधिका लागि मच्छिन्द्र एफसी र चर्च ब्वायज युनाइटेडबीचको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको विजेताले नगद १२ लाख १२ हजार २२२ र उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्।