भुटानसँग यू–१६ महिला टिमको फराकिलो हार

20 Dec, 2024
Share:
117 Shares

यू–१६ महिला फुटबलको मैत्रीपूर्ण खेलमा नेपाली टिम घरेलु मैदानमै फराकिलो अन्तरले पराजित भएको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली यू–१६ टिम भुटानसँग ५–१को फराकिलो अन्तरले पराजित भयो।

खेलमा भुटानलाई जित दिलाउन क्विन्डेन सोनम सोग्याल र छिरिङ ल्हामो समान २ गोल गरे भने युगेन सोमाले १ गोल गरिन्। नेपालकी सविना तामाङले गोल गरिन्।

सोनमले २३औं मिनेटमा गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि ल्हामोले ३४ र ३९ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै भुटानले ३–०को फराकिलो अग्रता बनायो।

त्यसपछि सोनम ६५औं मिनेटमा गोल गर्दै भुटानलाई ४–०को अवस्थाम ल्याइन्। ८४औं मिनेटमा सोमाले पेनाल्टीमा गोल गर्दै टिमलाई ५–०को अवस्थाम ल्याइन्। सबिनाले ८६औं मिनेटमा गोल गर्दै अग्रता कम गर्न प्रयास गरिन्। तर, खेलमा त्यसपछि गोल नहुँदा भुटान ५–१ले विजयी भयो।

नेपालले उमेर समूहको महिला फुटबलमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको यो नै पहिलो पटक हो।