यू–१७ साफ : सेमिफाइनल पुग्न नेपालले भुटानलाई हराउनै पर्ने

25 Sep, 2024
Share:
117 Shares

जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूहको अन्तिम खेलमा आयोजक भुटानसँग खेल्दै छ। खेला नेपाली समय अनुसार साँझ पौने ६ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ।

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। सेमिफाइलन पुग्न नेपाललाई आज निश्चित जित चाहिएको छ। यता, भुटानलाई सेमिफाइनल पुग्न बराबरी नै काफी छ।

समूह बीचमा नेपाल २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–०ले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–०ले हराएको थियो। यता, भुटान र पाकिस्तान सामान ४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्।

समूह एबाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बनेर सेमिफाइनल पुगिसकेका छन्।

भारतसँग सेमिफाइनलको सम्भावित भेट टार्नको लागि भुटान र नेपालसँगै पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ।