यू–१७ साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग

1 Sep, 2024
Share:
117 Shares

यू–१७ साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार भुटानमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार नेपाल समूह बीमा परेको छ। यो समूहमा नेपालसँगै पाकिस्तान, श्रीलंका र आयोजक भुटान छन्। समूह एमा भारत, बंगलादेश र माल्दिभ्स छन्।

सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ। यो खेल सेप्टेम्बर २१ मा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर २३मा श्रीलंका र अन्तिम खेल सेप्टेम्बर २५मा आयोजक भुटानसँग खेल्ने छ।

यू–१७ साफको अघिल्लो संस्करण पनि भुटानमै भएको थियो। जसमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्। सेमिफाइनलमा विपरित समूहका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुनेछ। फाइलन सेप्टेम्बर ३०मा हुनेछ।