यू-१८ लिगमा चर्च बोइजले थ्री स्टारलाई हरायो विजयी

17 Jul, 2024
Share:
117 Shares

राजधानीमा जारी एन्फा यू–१८ फुटबल लिगमा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइजले थ्री स्टार क्लबलाई १–० ले हरायो।

चर्च बोइजको जितमा अमनबहादुर तामाङले निर्णायक गोल गरे। उनले खेलको ४५औं मिनेटमा गोल गरेका थिए।

जितसँगै चर्चले तीन अंक जोडेको छ। यता थ्री स्टारको भने यो लगातार दोस्रो हार हो।

चर्च पहिलो खेलमा न्युरोड टिम एनआरटीसँग २–१ ले पराजित भएको थियो भने थ्री स्टार नेपाल पुलिस क्लबसँग ७–२को फराकिलो अन्तरले पराजित भएको थियो।