यू–१८ लिगमा एपिएफले चर्च बोइजलाई हरायो, थ्री स्टारकाे सानदार जित

9 Aug, 2024
Share:
117 Shares

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले चर्च बोइज युनाइटेड क्लबलाई २–१ ले हरायो।

एएिफको जितमा अमन मोक्तान र पवन पाख्रिनले गोल गरे भने चर्च बोइजका शिशिर यस्मालीले गोल फर्काए।

खेलको २१औं मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। ६९औं मिनेटमा चर्च बोइजका शिशिरले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

तर, ९०औं मिनेटमा पवनले गोल गर्दै टिमलाई जित दिलाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

जितसँगै एपिएफले ८ खेलमा १० अंक जोडेको छ। पराजित चर्च ब्वाइजको समान खेलमा १३ अंक छ।

यस्तै, आजै भएको अर्को खेला थ्री स्टार क्बलले सानदार जित निकाल्यो। उसले एफसी खुमलटारमाथि ४–०को जित निकाल्यो।

थ्री स्टारको जितमा रोमन श्रेष्ठले दुई गोल गरे भने क्याप्टेन बोगटी र सुनील स्याङ्ताङले पनि गोल गरे।

जितपछि थ्री स्टारले आठ खेलमा १४ अंक भएको छ भने लगातार सातौं हार बेहोरेको खुमलटारको तीन अंक मात्र छ।