यू-१९ महिला मैत्रीपूर्ण खेलमा नेपाल भुटानले बराबरी

22 Dec, 2024

यू–१९ महिला फुटबलको मैत्रीपूर्ण खेलमा नेपाल र भुटानले बराबरीमा रोकिएको छ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले १–१ गोलको बराबरी खेलेका हुन्।

खेलमा अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा रोकिएको हो। खेलको पहिलो हाफ गोलरहितमा बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुमै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन्। ४७औं मिनेटमा सुशिलाको गोलमर्फत नेपालले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन।

भुटानका लागि फुन्त्सो छोडेनले ८१औं मिनेटमा बराबरी गोल फर्काइन्। यू–१९ महिला फुटबलमा नेपालविरूद्ध भुटानले पहिलो पटक गोल गरेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]