यू–२० एसियन कप छनोटमा बलियो उज्बेकिस्तानसँग खेल्दै नेपाल

25 Sep, 2024

एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बलियो उज्बेकिस्तानको सामाना गर्दै छ।

छनोटको समूह बीमा रहेको नेपालको तेस्रो खेल हो। खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ।

यसअघि २ खेलमा नेपालले १ मा जित १ मा हारको सामाना गरेको छ। त्यसैले नेपाललाई अघिल्लो एसियन कप खेल्ने सम्भावना जिवितै राख्न आजको खेलमा निश्चित जित आवश्यक छ।

नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक चाइनिज ताइपेइलाई ३–१ले हराएको थियो। यो प्रतियोगितामा नेपालले १५ वर्षपछि निकालेको पहिलो जित हो।

यू–२० एसिया कपको डिफेन्डिङ च्याम्पियन उज्बेकितान तीन अंकसहित शीर्ष स्थानमा छ। उसले पहिलो खेलमा कम्बोडियालाई ७–०ले हराएको थियो।

एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर यू–२० एसिया कपको छनोट प्रतियोगिता खेलाइएको छ। हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू२० एसियन कपका लागि सिधै छनोट हुनेछन् भने दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम पनि प्रतियोगिताका लागि छनोट हुनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]