यू-२० एसियन कप छनोटमा नेपाल कम्बोडियासँग पराजित

21 Sep, 2024

जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। शनिबार दिउँसो चाइनिज ताइपेइको न्यू ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको समूह बीको पहिलो खेलमा नेपाल कम्बोडियासँग ४–१को फराकिलो अन्तरले पराजित भयो।

खेलमा कम्बोडियाका लागि फान भ्रेएक, फोउक थाथाई, मिएन चानरिथ र इभ सोभन्नाराले गोल गरे भने नेपालका समिर तामाङले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमै फानको गोलमा कम्बोडियाले सुरुआती अग्रता लियो। लगत्तै सातौं मिनेटमै थाथाईले टिमको अग्रता बनाए। पहिलो हाफको इन्जुरी समयमा समिरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

तर, दोस्रो हाफमा नेपाल कम्बोडियासामू फिका सावित भयो। ६१औं मिनेटमा चानरिथले गोल गर्दै कम्बोडियालाई खेलमा ३–१को अग्रता दिलाए। त्यसपछि ८३औं मिनेटमा सोचन्नाराले गोल गरेपछि नेपाल कम्बोडियासँग ४–१को फराकिलो अन्तरले पराजित भयो।

अब नेपालले दोस्रो खेलमा सोमबार घरेलु टोली चाइनिज ताइपेइसँग खल्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]