१५ वर्षपछि यू–२० एसिया कप छनोटमा प्राप्त जितका १५ तस्बिर

23 Sep, 2024
Share:
117 Shares

नेपालले एएफसी यू–२० एसिया कप छनोटमा डेढ दशकपछि जित निकालेको छ। चाइनिज ताइपेइमा जारी छनोटको समूह बीको खेलमा नेपालले समीर तामाङको ह्याट्रिक मद्दतमा आयोजक चाइनिज ताइपेइलाई ३–१ ले हरायो।

यो प्रतियोगितामा नेपालले १५ वर्षपछि जित निकालेको हो। सन् २००९ मा दशरथ रंगशालामै किर्गिजस्तानलाई हराए यता नेपालले एएफसी यू–२० छनोटमा जित निकालेको हो।

३१औं मिनेटमा समीरले गोल गर्दै खेलमा नेपाललाई अग्रता दिलाए। त्यसको ४ मिनेटपछि ३५औं मिनेटमा समीरले नै नेपालको अग्रता दोब्बर बनाए। इन्जुरी समयको दोस्रो मिनेटमा चाइनिज ताइपेइले गोल फर्काएको थियो। उसका याङ चाओ जिङले गोल गरेका थिए।

पहिलो हाफमा २–१को अग्रता लिएको नेपालका लागि ८४औं मिनेटमा समीरले नै गोल गर्दै ३–१को अग्रता दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरेका थिए।