यू–२० साफ उपविजेता नेपाली टिमका खेलाडीले जनही ५० हजार पाउने

3 Sep, 2024
Share:
117 Shares

यू–२० साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमका खेलाडीले नगर पुरस्कार पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको हो। एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले यू–२० टिमलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको थियो।

यसैगरी खेलाडीलाई टिकट बिक्रीको २० प्रतिशत रकम पनि पाउने छन्। जसअनुसार प्रत्येक सदस्यले टिकटवापत १५ हजार ४० रुपैयाँ पाउने एन्फाले जनाएको छ।

त्यस्तै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार रुपैपाँ प्राप्त गर्दा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।