यू–२० एसिया कप छनोटका लागि नेपाली टिम घोषणा

Read Time:2 Minute

एएफसी यू–२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले छनोटका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

प्रशिक्षक गुरुङले अघिल्लो महिलना साफ च्याम्पियनसिप खेलको टिममा तीन परिवर्तन गर्दै एसिय कप छनोटका लागि टिम छनोट गरेका हुन्।

बंगलादेशमा भएको यू–२० साफ च्याम्पियनसिप खेलेका कुसुम खतिवडा र अन्जली चन्दको स्थानमा जेनिफर राना र सन्दिपा भोलान टिममा समावेश भएका छन् । कुसुम र अञ्जली घाइते छन्। यस्तै सजनी थोकरको स्थानमा हिमा रावत टिममा समावेश छन् ।

राष्ट्रिय टिमका सदस्य प्रिती राई, अमिसा कार्की र दीपा शाही पनि टिममा समावेश छन् ।

मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा प्यालेस्टाइन र नर्थन मारिया आइल्याण्ड छन् । यस समूहको खेल प्यालेस्टाइनमा हुनेछ ।

यू–२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसिया कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन् ।

नेपाली टोली

कविता बिक, सावित्री किसन, लिला जोशी (गोलकिपर), सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ (डिफेन्डर), तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही (मिडफिल्डर), गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान (स्ट्राइकर)

Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ह्याट्रिक बारे दीपेशले भने– जीवनकै ‘फस्ट एन्ड लास्ट’ ओभर सोचेर बलिङ गरेँ
Next post लिग हेर्न अपांगता भएका र जेस्ठ नागरिकलाई पैसा नलाग्ने
Close