साफ यू–२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेल्ने

18 Aug, 2024
Share:
117 Shares

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आजरदेखि सुरु हुँदैछ।

उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु(१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् ।

नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ। यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।

अनुभवी खेलाडी, घरेलु मैदान र दर्शकको साथमा राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बताएका छन्।

यसअघि काठमाडंैँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो। एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।

समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।