साफ यू-२० च्याम्पियनसिप आइतबारबाट, टिकट दर ३ सय

15 Aug, 2024
Share:
117 Shares

अखिल नेपाल फुटबल संघले अगष्ट १८ देखि २८ सम्म साफ यू–२० च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ।

विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार साफ यु–२० च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जानकारी गराएका छन्।

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–२० टोली प्रशिक्षक उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको छ। प्रतियोगिताको उदघाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरु दशरथ रंगशालामा हुनेछन्।

एन्फा कम्प्लेक्समा भएको खेलको टिकट दर तीन सय कायम गरिएको छ भने दशरथ रंगशालामो टिकट दर साधारण पारापिटतर्फ रु दुईसय र भीआइपी पारापिटतर्फ रु पाँचसय कायम गरिएको छ।

प्रतियोगिताको लागि सहभागी राष्ट्रहरु मध्ये माल्दिभ्सको टोली आइसकेको छ भने श्रीलंका, भारत र भुटान भोली शुक्रबार आइपुग्नेछ । यस्तै, बंगलादेशको टोली शनिबार आइपुग्नेछ।

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान, लगनखेल खेल मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको अनुमानित बजेट ३ करोड ३१ लाख ५३ हजार ९ सय रुपैयाँ रहेको एन्फाले जनाएको छ।