जापानलाई हराउँदै उत्तर कोरियाले जित्यो यू-२० महिला विश्वकप

23 Sep, 2024

यू–२० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ।

कोलम्बियाको बोगोटामा भएको फाइलनमा जापानलाई १–०ले हराउँदै उत्तर कोरिया च्याम्पियन बनेको हो। उसले तेस्राे पटक प्रतियाेगिताकाे उपाधि जितेकाे हाे।

उत्तर कोरियालाई च्याम्पियन बनाउने इल सन चोइले निर्णायक गोल गरे। उनले खेलको १५औं मिनेटमा गोल गरेका थिए। खेलमा त्यही गोल निर्णायक भयो।

प्रतियोगितामा दक्षिण कोरियाले अविश्वसनीय प्रदर्शन गरेको थियो। उसले समूह चरणमा नेदरल्यानड्स, अर्जेन्टिनाजस्ता बलिया टिमलाई हाएको थियो भने अन्तिम १६मा अस्ट्रिया, क्वार्टरफाइनलमा ब्राजिल र सेमिफाइलनमा अमेरिकालाई पाखा लगाएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]