च्याम्पियन्स लिगमा बार्सिलोना र पिएसजी विजयी

10 Apr, 2025
Share:
117 Shares

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी विजयी भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्ड र पिएसजीले एस्टा भल्लिालाई हराए।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले डर्टमन्डमाथि ४–०को एकपक्षीय जित निकाल्यो। बार्सिलोनाका लागि रोबर्ड लेवान्डोसकीले २ गोल गर्दा राफिन्हा र लमिन यमालले पनि गोल गरे।

बार्सिलोना २५औं मिनेटमा राफिन्हाको गोलमा सुरुआती अग्रता लियो। पहिलो हाफमा १–०मै सकियो। तर, दोस्रो हाफमा भने बार्सिलोना पूर्णरुपमा हावी भयो।

४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। ६६ मिनेटमै उनले नै गोल गरेपछि खेलमा बार्सिलोनाले ३–०को अग्रता लियो। त्यसपछि ७७औं मिनेटमा यमालले गोल गरेपछि बार्सिालेना ४–०ले विजयी भयो।

यस्तै, अर्को खेलमा पिएसजीले घरेलु मैदानम एस्टानभिल्लामाथि ३–१को पुनरागमन जित निकल्यो। खेलमा उसका लागि डेजिरे डोयु, ख्रिजा कावाराज्खेलिया र नुनो मेन्डेसले गोल गरेका थिए। भिललका मोर्गन रोजर्सले गोल गरेका थिए।

खेलमा अग्रता भिल्लाले लियो। ३५औं मिनेटमा रोजर्सले योरी टिलेमन्सको पासमा सहजै गोल गरेका थिए। तर, ३९औं मिनेटमा पिएसजीले बराबरी गोल फर्कायो। उसका डोयुले डिबक्स बाहिरिबाट उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफा १–१को बराबरीमा सकिएको खेलमा ४९औं मिनेटमा पिएसजीले अग्रता लियो। उसका कावाराज्खेलियाले उत्कृष्ट फिनिसिङ गरेका थिए। त्यसछि इन्जुरी समयको दोस्रो मिनेटमा नुनो मेन्डेसले पुनः उत्कृष्ट गोल गर्दै पिएसजीलाई ३–१को जित दिलाए।