युनाइटेड फेरि ओल्ड ट्राफोर्डमा पराजित

3 Feb, 2025

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय कायमै छ। खराब लयमा रहेको युनाइटेड आइतबार राति भएको खेलमा घरमै क्रिस्टल प्यालेसँग २-० ले पराजित भयो।

प्यालेसको जितमा दुवै गोल जिन फिलिपे माटेटाले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ६४औं र ८९औं मिनेटमा गोल गरेका थिए।

जितसँगै प्यालेस २४ खेलमा ३० अंकसहित १२औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २९ अंकसहित १३औं स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा टोटनहामले ब्रेन्टफोर्डलाई २-० ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]