राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक एनेसको सम्झौता नवीकरण नहुने

27 Aug, 2024
Share:
117 Shares

काठमाडौं, भदौ ११ नेपाली राष्ट्रिय फुटबलमा टिमका इटालिनय प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नहुने भएको छ। मंगलबार साँझ बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले मुख्य प्रशिक्षक सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो।

सन् २०२३मा १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका एनेसको सम्झौता अवधि विश्वकप र एसिया कप छनोट नसकिनै सकिएको थियो। तर, एन्फाले छनोट प्रतियोगिताका लागि उनको सम्झौता तीन महिना थप गरेको थियो।

अब भने एन्फाले उनको सम्झौता नथप्ने निर्णय गरेको छ। अब एन्फाले नयाँ प्रशिक्षको खोजी सुरु गर्नेछ। मंगलबारको बैठकमा नयाँ प्रशिक्षक खुला प्रतिस्पर्धाबाट ल्याउने विषयमा छलफल भएको बताइएको छ।

अब एन्फाले नयाँ प्रशिक्षकका लागि केही दिनमै आव्हान गर्ने बताइएको छ।

अब नेपालको खेल अर्को वर्ष मार्चमा मात्रै छ। त्यसबेला नेपालले एसियन कपको तेस्रो चरणको छनोट खेल्नेछ। त्यसअघि नेपाली टिमले नयाँ प्रशिक्षक पाउनेछ।

नेपाली टिमले एनेसको प्रशिक्षणमा कुल १६ खेल खेलेको थियो। त्यसमा ४ जित, ३ बराबरी र १० खेल हारेको छ।