भिनिसियस बने फिफा वर्ष खेलाडी

18 Dec, 2024

रियल मड्रिडका ब्राजिलियन स्टार स्ट्राइकर भिनिसियस जुनियर फिफा वर्ष खेलाडी घोषित भएका छन्। मंगलबार राति दोहामा भएको भव्य कार्यक्रमबीच फिफालेवर्षको उत्कृष्ट खेलाडी घोषणा गर्दै ‘फिफा वेस्ट’ अवार्ड दिएको हो।

अघिल्लो सिजन रियललाई च्याम्पियन्स लिग र ला लागि उपाधि दिलाउन भिनिसियसको भूमिका महत्वपूर्ण थियो। उनले ३९ खेलमा २४ गोल गरेका थिए। ब्राजिलका लागि भने उनको प्रदर्शन उनको क्षमता अनुसारको थिएन।

केही महिला अगाडि अप्रत्यासित रुपमा बालोन डे’ओर जित्न असफल भएका भिनिसियसले फिफा वर्ष खेलाडी जित्ने क्रममा तिनै बालोन डे’ओर विजेता म्यान्चेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीलाई पछि पारे।

बालोन डे’ओर अन्तिम समयसम्म भिनिसियस जित्ने अनुमान गरिएको थियो। तर, अन्तिम समयमा रोड्रीको नाम आएपछि रियल मड्रिड समारोह नै बहिष्कार गरेको थियो।

‘सबैलाई धेरै धन्यवाद । म निकै गरिब परिवारमा हुर्केको हुँ । मेरो समाजमा हिंसा अत्याधिक थियो । त्यस्तो परिस्थितिबाट अगाडि आएका सबैलाई यो अवार्ड समर्पित गर्न चाहन्छु,’ अवार्ड पाएपछि ब्राजिली खेलाडीले भने।

अर्जेन्टिनाका लियोनल मेसीले यस अघिका दुई संस्करणका फिफा अवार्ड जितेका थिए।

महिलातर्फको फिफा वेस्ट अवार्ड भने २६ वर्षीया बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमटीले लगातार दोस्रो वर्ष यो अवार्ड प्राप्त गरिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]