अन्तर्राष्ट्रिय फुटबलफुटबल

फिफाले दियो भिनिसयसलाई रंगभेदविरुद्धको समितिको नेतृत्व

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रंगभेदविरुद्धको समितिको नेतृत्व रियाल मड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसयस जुनियरलाई दिएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोकै विशेष आग्रहमा खेलाडीका लागि बनाइएको समितिको जिम्मेवारी भिनिसियसलाई दिइएको हो। समितिले फुटबलमा हुने कुनै पनि किसिमको विभेदपूर्ण व्यवहारका लागि कडा कारबाही गर्न सुझाव दिनेछ।

्पछिल्लो समय भिनिसियस रंगभेदी दुर्व्यवहारमा पर्ने खेलाडी हुन्। ला लागि उनीमाथि रंगभेदी दुर्व्यवहार गर्ने केही समथर्कलाई पक्राउ समेत गरिएको छ। पछिल्लोपटक गत मेमा भ्यालेन्सियाविरुद्धको खेलका क्रममा उनीमाथि हिंसा भएको थियो, जसको सर्वत्र आलोचना भइरहेको छ।

भिनिसियसलाई नेतृत्व दिएपछि इन्फान्टिनोले फुटबलमा कुनै पनि किसिमको विभेदले स्थान नपाउने उल्लेख गरेका छन्। यदि कुनै पनि खेलमा खेलाडी विभेदको सिकार भए तत्काल खेल रोकिने फिफाले जनाएको छ। हिंसा गर्नेविरुद्ध कानुनी लडाइ लड्नेसमेत फिफाले उल्लेख गरेको छ।

फिफाको निर्णयपछि भिनिसियसले विभेद फुटबल पिच र स्पेनमा मात्र नभएर हरेक ठाउँमा भइरहेको प्रतिक्रिया दिएका छन्। ब्राजिलले भिनिसियसको समर्थनका लागि रंगभेदविरुद्धको अभियानअन्तर्गत आगामी आइतबार बार्सिलोनामा गिनी र लिस्वनमा सेनेगलसँग मैत्रीपूर्ण खेल खेल्दै छ।