ला लिगाले लगायो भिनिसियसमाथि लाथ्यो २ खेलको प्रतिबन्ध, तिरायाे ६ सय युराे जरिवाना

8 Jan, 2025
Share:
117 Shares

रियल मड्रिडका ब्राजिलियन सुपरस्टास भिनिसियस जुनियरमाथि २ खेलेको प्रतिबन्ध लागेको छ।

शनिबार राति भएको भिल्ला रियलविरुद्धको खेलमा पाएको रेडकार्डका लागि ला लिगाले भिनिसियसलाई २ खेलको प्रतिबन्ध लगाएको हो।

खेलमा रियल १–०ले पछि परेको अवस्थमा भिनिसिससले ७९औं मिनेटमा रातो कार्ड पाएका थिए। खेलका क्रममा स्टोल दिभित्रेस्कीले भिनिसियस लडेको अवस्था पछाडिबाट धकेलेका थिए। त्यसपछि रिसाएका भिनिले उनको घाँडीमा दुवै हातले टच गरेका थिए। रेफ्रिले भारमार्फत भिनिलाई रातो कार्ड दिएका थिए।

१० खेलाडीमा रहेको रियललले भ्यालेन्सियामाथि २–१ले पुनरागमन जित निकालेको थियो।

प्रतिबन्धसँगै ला लिगाले भिनिसियस र रियल दुवैलाई जरिवाना पनि तिराएको छ। ला लिगाका भिनिसियसलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाता तोकेको छ।

२ खेलको प्रतिबन्ध लागे पनि भिनिसियसले आजबाट साउदी अरेबियामा सुरु हुने स्पेनिस सुपर कप भने खेल्न पाउने भएका छन्। प्रतिबन्ध ला लिगामा मात्र लागू हुने जनाउँदै ला लिगाले भिनिसियसलाई सुपर कप खेल्न अनुमति दिएको हो।

सुपरकपको सेमिफाइनलमा रियलले भोलि राति रियल मालोर्कासँग खेल्दैछ। आजै हुने पहिलो सेमिफाइनलमा बार्सिालेना र एट्लेटिको बिल्बाओ भीड्दै छन्।