भिनिसियसले जिते इएफइ ट्रफी

1 Jan, 2025
Share:
117 Shares

ब्राजिलियन सुपर स्टार भिनिसियस जुनियरले सन् २०२४को अन्तिम दिन अर्को व्यक्तिगत अवार्ड जितेका छन्।

सन् २०२४मा स्पेनिस क्लब रियल मड्रिडका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका उनले इबेरो अमेरिकाको सन् २०२४को सर्वोत्कृष्ट खेलाडीमा रुपमा भिनियिसले इएफइ ट्रफी जितेका हुन्।

मंगलबार राति मड्रिडस्थित भाल्डेबेबास स्पोर्ट्स सिटीमा आयोजित एक समारोहबीच भिनिसियसलाई यो ट्रफी प्रदान गरियो। उनले लगातार तेस्रो पटक यो अवार्ड जितेका हुन्।

इएफइ एजेन्सीका अध्यक्ष मिगुएल एञ्जेल ओलिभरले भिनिसियसलाई यो अवार्ड प्रदान गरेका थिए। अवार्ड लिन भिनिसियन ब्राजिल तथा रियल मड्रिडका लिजेन्ड रोबर्टो कार्लोससँगै पुगेका थिए। कार्लोसले सन् १९९८मा यो अवार्ड जितेका थिए।

कार्यक्रममा अध्यक्ष ओलिभरले भिनिसियसको प्रशांसा गरे। उनले रियलका लागि भिनिसियस उत्कृष्ट प्रदर्शनसँगै टिमको सफलतामा पु¥याएको मत्वपूर्ण योगदानका लागि सम्मान गरिएको बताए।

च्याम्पियन्स लिग र अन्तरमहाद्वीपीय कपजस्ता ठूला फाइनलमा भिनिसियसले निर्णायक गोल र असिस्ट गरेका थिए।

कार्यक्रममा भिनिसियसले यो पुरस्कार फेरि जित्दा आफू धेरै खुशी रहेको बताउँदै यो सम्मानमा रियलका टिमको पनि हक रहेको बताए। उनीहरूबिना यो सम्भव नै नरहेको उनको भनाई थियो।

‘उनीहरूले सबैभन्दा कठिन चुनौतीहरूमा मलाई सम्हाल्छन्, र मलाई आशा छ यो अन्तिम पुरस्कार होइन— यस्तै थप अवार्डको जित्ने लक्ष्य छ,’ उनले भने, ‘हामीले यो वर्ष उत्कृष्ट रुपमा अन्त्य गरेका छौं, र नयाँ वर्षमा पनि उत्कृष्ट प्रदर्शनका लागि तयार छौं।