महिला फुटबल टिमको मुख्य प्रशिक्षकका लागि आव्हान, प्रो लाइसेन्स अनिवार्य

21 Apr, 2025

राष्ट्रिय महिला फुटबल टिमेका मुख्य प्रशिक्षकका नियुक्तिका लागि आवदेन आव्हान गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकको नियुक्ति प्रक्रिया अघि बढाएको हो।

एन्फाले निकालेको सूचनामा महिला टिमको पशिक्षक बन्न प्रो लाईसेन्स अनिवार्य गरिएको छ। अब नेपाली महिला टिमले पहिलो पटक प्रो लाइसेन्स प्राप्त प्रशिक्षक पाउने भएको छ।

नेपाली महिला टिमको प्रशिक्षक बन्न सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टिम सम्हालिसकेको हुनुपर्ने शर्त पनि एन्फाले राखेको छ। कम्तिमा दुई वर्षको अनुभव पनि आवश्यक पर्ने सूचनामा उल्लेख छ।

यस्तै, महिला टिमका लागि पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]