इलाममा एपिएफले जित्यो महिला गोल्डकप

9 Mar, 2025
Share:
117 Shares

इलाममा आयोजित दोस्रो आमन्त्रित महिला गोल्डकपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ।

शनिबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै एपिएफले उपाधि ििजतेको हो।

एपिएफको जितमा गीता राना र सविना रानामगरले गोल गर्दा आर्मीका लागि विमला चौधरीले गोल गरिन्।

उपाधि जितेको एपिएएफले ४ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ। यता, उपविजेता आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत भइन् । उनले १५ हजार प्राप्त गरिन्।

उत्कृष्ट गोलरक्षक आर्मीकी अञ्जना राना भइन् भने उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक, सर्वाधिक गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटे भइन्। सबैले जनही १० हजार प्राप्त गरे।

क्लब ओएसिस इलामको आयोजनामा भएको गोल्डकपमा भारतको एकसहित आठ टिम प्रतिस्पर्धी थिए।