नेपाल महिला फुटबल टिमले लेबनानमा चार देश सहभगाी हुने प्रतियोगिता खेल्ने

1 Jun, 2024

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आउँदो महिना लेबनानमा चारदेशीय फुटबल प्रतियोगिता खेल्ने भएको छ।

लेबनानमा जुलाई ८ देखि १६ सम्म हुने प्रतियोगितामा नेपाल सहभागी हुने भएको छ। जसमा नेपाल र लेवनान बाहेकका अन्य दुई टिम भने सार्वजनिक गरिएको छैन।

एन्फाले प्रतियोगिताका आफूहरुलाई पत्र आएको बताउँदै सहभागीता जनाउने जनाउको छ।

प्रतियोगिताको लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरिसकेका छन्। आइतबारबाट बन्द प्रशिक्षण सुरु हुनेछ।

यसअघि नेपालले मध्यपूर्वमा भएको वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरे पनि नेपाल उपाधि भिडन्तमा भने जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]