फिर्मिन्होको गोल ब्राजिल विजयी, भिडाल चम्किँदा चिलीले पेरुलाई हरायो

Read Time:1 Minute

फिफा विश्वकप फुटबल दक्षिण अमेरिकी छनोटमा ब्राजिल र चिली विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा ब्राजिलले भेजुएलालाई १-०ले हराउँदा चिलीले पेरुलाई २-०ले हरायो ।

घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा फिर्मिन्होले गोल गरेका थिए ।

अर्टुरो भिडाल चम्किएपछि चिलीले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा दुबै गोल भिडालले गोल गरे ।

खेलको २० औं मिनेटमा भिडालले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा भिडालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।

विश्वकप छनोटमा चिलीको यो पहिलो जित हो । चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैटौं स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मुख्य प्रशिक्षकको अन्तर्वार्ता तिहारअघि नै गर्ने क्यानको तयारी
Next post सलाहलाई कोरोना संक्रमण
Close