जाभी अलोन्सो रियल म्याड्रिडको नयाँ प्रशिक्षक नियुक्त

25 May, 2025
Share:
117 Shares

जाभी अलोन्सो रियल म्याड्रिडका नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। कार्लो एन्सोलोटीले क्लब छाडेको २४ घन्टा नबित्दै रियलले अलोन्सोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो।

अघिल्लो साता नै अलोन्सो रियल आउने सहमति भइसकेको थियो। आइबार औपचारिक सम्झौता भएको हो ।

एन्सोलोटीले शनिबार राति बर्नाबेउमा भएको रियल सोसिडाडसँगको खेलसँगै रियल छाडेका थिए। उनी ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षक बनेका छन्।

४३ वर्षीय अलोन्सोले रियलसँग ३ वर्षको सम्झौताका गरेका छन्। उनी अब २०२८ को जुनसम्म रियलको पशिक्षक रहने छन्। रियलले भोलि अलोन्सोले प्रशिक्षकका रुपमा सार्वजनिक गर्नेछ।

पूर्व रियल म्याड्रिड मिडफिल्डर अलोन्सोले बायर लेभरकुसेनमा प्रशिक्षकको रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जहाँ उनले सन् २०२३–२४ सिजनमा बुन्डेसलिगा र जर्मन कप जितेका थिए। उनको प्रशिक्षण शैली र रणनीतिक दृष्टिकोणले उनलाई रियलले प्राथमिकतामा राखेको थियो।

अलोन्सोले क्लब विश्वकपबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गर्नेछन्, जुन जुन १३, २०२५ मा सुरु हुँदैछ।