बार्सिलोना छाड्ने जाभीको घोषणा

28 Jan, 2024

प्रशिक्षक जाभीले सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने घोषणा गरेका छन्।

ला लिगाअन्तर्गत शनिबार राति घरेलु मैदानमा भिल्लारियलसँग ५–३ले पारजित भएलगत्तै जाभीले बार्सिालोना छाड्ने घोषणा गरेका थिए।

जारी सिजिन मिश्रित प्रदर्शन गरेको बार्सिलोना लिगमा शीर्ष स्थानको रियल मड्रिडभन्दा १० अंकले पछि रहँदै तेस्रो स्थानमा छ। कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको बार्सिलोना सुपर कपको फाइनलमा रियलसँग ४–१ले पाराजित भएको थियो।

टिमले पछिल्लो एक महिना निरन्तर खराब नतिजा निकालेपछि जाभी दबाबमा थिए। यो सिजन बार्सिलोना उपाधिबिहीन हुने पक्काजस्तै भएपछि उनले बार्सिलोना छाड्ने घोषणा गरेका हुन्। जाभीले सम्झौता अवधि १ वर्ष बाँकी छँदै क्लब छाड्न लागेका हुन्। उनले जुन ३० राजीनामा दिनेछन्।

जाभी सन् २०२१मा कतारी क्लब अल साद छाड्दै बार्सिालेनाको मूख्य प्रशिक्षक बनेका थिए। अघिल्लो सिजन जाभीले बार्सिलोनालाई लिगा र सुपर कप उपाधि दिलाएका थिए।

्बार्सिलोनाकै लिजेन्ड मिडफिल्डर जाभीले खेल जीवनमा बार्सिालनाबाट २५ उपाधि जितेका थिए।