एसियन सिनियर करातेमा स्वर्णबाट चुकिन एरिका गुरुङ, दिलाइन ऐतिहासिक रजत

22 Sep, 2024

एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङ स्वर्ण पदकबाट चुकेकी छिन्।

चीनमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियपिसपको फाइलनमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएपछि एरिका स्वर्णबाट चुकेकी हुन्।

६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग ६–० ले पराजित भएकी हुन्।

तर, यो प्रतियोगितामा फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बनेकी ऐतिहासिक रजत भने नेपाललाई दिलाइन्। एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।

एरिका १९औं एसियन गेम्समा पनि एरिका स्वर्णबाट चुक्दै रजतमा सीमित भएकी थिइन्। एसियन गेम्सको फाइनलमा हारेकी खेलाडीलाई एरिकाले यो पटक क्वार्टरफाइलनमै हराएकी थिइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]