एरिकाले बनाइन् इतिहास, बनिन् एसियन करातेको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी

20 Sep, 2024
Share:
117 Shares

कराते खेलाडी एरिका गुरुङ नयाँ इतिहास कायम गरेकी छिन्। चीना जारी २०औं एसियन कराते च्याम्पियनसिपको फाइनल पुग्ने एरिकाले इतिहास बनाएकी हुन्।

उनी यो प्रतियोगितामा फाइलन पुग्ने पहिलो नेपाली खेलाडी हन्। एरिका ६८ केजी तौल समूहमा फाइनलमा पुगेकी हुन्। यसक्रममा उनले थाइल्यान्डकी केवलिन सोङगलिनलाई ८–०ले पराजित गरिन्।

फाइनल पुगेसँगै ऐरिकाले कम्तिमा रजत जित्ने पक्का भएको छ।

त्यसअघि एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–०ले हराएकी थिइन् भने क्वार्टरफाइलन उनले काजकिस्तानकी सोफ्या बेर्लुत्सेभालाई हराएकी थिइन्। खेल १–१को बराबरीमा सकिएपछि रेफ्रीले एरियको पक्षमा निर्णय सुनाएका थिए।

अघिल्लो वर्ष भएको एसियन गेम्सको फाइलनमा बेर्लुत्सेभासँगै फाइनलमा पराजित भएपछि एरिका स्वर्ण जित्नबाट बञ्चित भएकी थिइन्।

एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी ऐरिकाले अब आइतबार फाइनल खेल्ने छिन्।