सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

थाइल्यान्डमा एरिकाले जितिन् स्वर्ण

नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन्।

उनले सिनियर महिला कुमिते ं६८ केजीमा स्वर्ण जितेकी हुन। उनले फाइनलमा थाइल्याण्डकी चनकन खियोखामलाई हराइन्।

ऐरिका नेपाली स्टार कराते खेलाडी हुन्। एसियन सिनियर करातेमा रजत पदक र कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन्। उनले एसिया गेम्समा पनि रजत जितेकी थिइन्

यो प्रतियोतिगामा यू–१२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजतका छन् भने सिनियर पुरुष कुमिते ७५ केजीमा राजिव पुडासैनीले कास्य पदक जितेका छन्।

त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी, सिनियर महिला कुमिते ५५ केजीमा सबिना श्रेष्ठ, सिनियर महिला कुमिते ५० केजीमा वर्षा बुढामगर, यू–१४ महिला ५२ केजीमा दिया तामाङ, पुरुष कुमिते ४५ केजीमा आशिष हरिजन र यू–१४ पुरुष कुमिते ५० केजीमा प्रजल थापाले कास्य पदक जितेका छन्।

1.3Kशेयर