सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एरिका गुरुङले युएईमा ‘के वान युथ लिग’ खेल्ने

एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङले युएईमा ‘के वान युथ लिग’ खेल्ने भएकी छिन्।

लिगमा एरिकाले महिला यू–२१ कुमितेमा ६८ केजीमाथि तौलसमूहमा खेल्ने बाएको छ। यो प्रतिस्पर्धामा १४ देशका १८ खेलाडी सहभागी हुनेछन्।

लिगमा भाग लिन एरिका मंगलबार नै यूएई प्रस्थान गरिसकेकी छिन्। एरिकाको प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ छन्।

लिग फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने छ। जसमा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागी हुँदैछन्।

1.3Kशेयर