°
, May 30, 2023 in

थ्री बाइ थ्री बास्केटबल उपाधि आर्मी ‘बी’लाई उपाधि

SHARE:

नेपाल आर्मीको ‘बी’ टोलीले थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा आर्मी ‘बी’ले आफ्नै आर्मी ‘ए’ टोलीलाई २१–१७ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता टोलीबाट रबिन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए ।

त्यस्तै, आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुश सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरेका थिए । विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गरे ।

ललितपुर जिल्ला बास्केटबल सङ्घद्वारा आयोजित प्रतियोगितामा विजेताका रबिन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल सङ्घका महासचिव शरद् विष्टले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा विभिन्न २४ टोलीले ‘लिग कम नकआउट’ आधारमा प्रतिस्पर्धा गरेका थिए।

SHARE: