Read Time:1 Minute
बुढासुब्बा गोल्डकपमा सहभागी एकमात्र ए डिभिजन क्लब नेपाल पुलिस क्लब पहिलो खेलमै पराजित भएको छ। पाँच पटकको च्याम्पियन पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसँग २–०ले पराजित भयो।
धरान रंगशालामा भएको खेलमा २०औं मिनेटमा निशान लिम्बूको गोलमा काँकरभिट्टाले अग्रता लियो । ८१औं मिनेटमा निशानले नै गोल गरेपछि पुलिस पहिलो खेलमै २–०ले पराजित भयो।
पुलिसले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कप उपाधि जितेको थियो।
काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच खेल हुने छ। प्रतियोगिताको फाइलन फागुन २० गते हुनेछ।