अभिषेकको विस्फोटक ब्याटिङ, बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा

25 Sep, 2025
Share:
117 Shares

भारत युएईमा जारी एसिया कपको फाइनलमा प्रवेश गरेको छ। सुपर फोरमा बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एक खेल अगावै फाइलनमा पुगेको हा।

सुपर फोरमा भारतको लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा भारतले पाकिस्तानलाई हराएको थियो।

भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १२७ रनमै समेटियो। उसका २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सकेन्। जसमा सइफ हसनले ५१ बलमा ३ चौका ५ छक्का प्रहार गर्दै ६९ रन बनाउँदा परवेज हुसैन इमोनले १९ बलमा २१ रन बनाए।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि कुलदीप यादवले ३ विकेट लिए भने जस्प्रित बुमराह र वरुण चक्रवर्तीले समान २ विकेट लिए।

पहिला ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६८ रन बनाए। उसका लागि अभिषेक शर्माले विस्फोटक ब्याटिङ गरे। उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए। यो उनको लागतार दोस्रो अर्धशतक हो।

यस्तै, शुभमन गिलले १९ बलमा २ चौका र १ छक्का मद्दतमा २९ रन बनाउँदा हार्दिक पाण्ड्याले २९ बलमा ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए। बलिङ बंगलादेशका लागि रिसाद हुसेनले २ तथा मोहम्मद सैफुद्दिन, मुस्ताफिजुर रहमान र तन्जिम हसन सकिबले समान १ विकेट लिए।

अब फाइनल पुग्ने दोस्रो टिम पाकिस्तान र बंगलादेशमध्ये एक हुनेछ। यी दुई टिम सुपर फोरमा आजै भीड्ने छन्। जित्ने टिम फाइनल पुग्ने छ।