सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि विश्व निकेतनलाई

काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले जितेको छ।

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व निकेतन १२ स्वर्ण, २ रजत र २ कास्यसहित १६ वटा पदक प्राप्त गरेर प्रथम भएको हो। महानगरले विश्व निकेतनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको छ।

साथै ५ स्वर्ण, १३ रजत र ५ कास्यसहित २३ वटा पदक प्राप्त गरेर विजेश्वरी जान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।

६ स्वर्ण, ३ रजतसहित १२ वटा पदक प्राप्त गरेर पद्यमकन्या विध्याश्रम विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता ढङ्गोलले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिन्।

1.3Kशेयर