वेस्ट इन्डिजविरुद्ध नेपाल टस हार्‍यो, पहिला ब्याटिङ गर्ने, प्लेइङ ११मा परेनन सन्दीप र आदिल

27 Sep, 2025
Share:
117 Shares

केहीबेरपछि नेपालले टेस्ट राष्ट्र वेस्टइन्डिजसँगको एतिहासिक सिरिजको पहिलो खेल खेल्दैछ। खेल ८ः१५ बजे युएईको सारजाहमा हुनेछ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै नेपालले ऐतिहासिक सिरिजको पहिलो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।

टिममा स्टार खेलाडी सन्दीप लामिछान नहुँदा नेपालले ३ फास्टबलर र १ स्पिनर खेलाएको छ। सन्दीप भने सबमा पनि छैनन्।

यस्तै, लामो समयपछि राष्ट्रिय टिममा पुनरागन गरेका विस्फोटक ब्याट्सम्यान आदिल आलम प्ले«इङ ११मा स्थान बनाउन असफल भएका छन्। यस्तै, सन्दीप जोराले भने सुरुआती ११मा स्थान बनाएका छन्।

नेपाली टिम ः कुशल भुर्तेल, मोहमम्द आसिफ सेख, रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्न्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी।