नेपाली टिम अहिले अमेरिका भ्रमणमा छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो सिरिज खेल्न अमेरिका पुगेको नेपालले सिरिजमा हारबाट सुरुआत गरेको छ।
सिरिज अघि नै दुवै ओपरन घाइते भएपछि दाबबमा परेको नेपालले ओमानविरुद्ध २१२ रनको सामान्य लक्ष्य पछि पछ्याउन सकेको थियो ।
त्यसैले पर्लल्यान्डस्थित मोसा क्रिकेट मैदानमा राति ९ः१५ बजे अमेरिकासँग भिड्दा नेपाललाई ब्याटिङकै चिन्ता हुने छ।
अमेरिकाविरुद्ध खेल्दा नेपालले ओपनिङदेखि नै ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ । नियमित ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेल अमेरिकामा अभ्यासका क्रममा घाइते भएपछि सुनिल धमला र ब्याटअफका रुपमा अमेरिका पुगेका सुबास खकुरेलले ओमानविरुद्ध ओपनिङ गरेका थिए । तर यो जोडीले राम्रो सुरुवात गर्न सकेन ।
आसिफ र कुशल अमेरिकाविरुद्ध खेल्नेरनखेल्ने टुङ्गो लागिसकेको छैन । त्यसैले ब्याटिङ नै नेपालको लागि टाउको दुखाइ बनेको छ । आरिफ शेखले ६६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक ब्याटिङ गर्न सकेका थिए ।
नेपाल ओमानसँग पराजित हुँदा अमेरिकाले ओमानलाई हराएको थियो । नेपाल पहिलो जितको खोजीमा हुने छ भने अमेरिका लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
यसअघि लिग २ मा नेपाल र अमेरिकाबीच चार खेलमा भएका छन्। जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल हारेको छ।
प्रतियोगितामा नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ भने ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ । अमेरिका २० अंकसहित चौथो स्थानमा छ।