सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

डेथ ओभरमा नेपालको कमजोर बलिङ, अमेरिकाले दियो २६३ रनको चुनौतीपूर्ण लक्ष्य

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो नेपालले डेथ ओभरमा कमजोर बलिङ प्रदर्शन गरेको छ। डेथ ओभरमा कमजोर बलिङ गरेपछि अमेरिकाले नेपाललाई २६३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

४४ ओभरको समाप्तिमा १९७ रनमा रहेको अमेरिकाले अन्तिम ६ ओभरमा ६५ रन बनाएको थियो। जसमा नेपालले अन्तिम २ ओभरमा ३२ रन दिएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका लागि ओपनर स्मित पटेल र मिलिन्द कुमारले अर्धशतक बनाए। पटेलले १ सय बल खेल्दै ९ चौका मद्दतमा ७५ रन बनाउँदा कुमारले ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा नटआउट ७० रन बनाए।

यस्तै साइतेजा मुक्कामल्लले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन बनाए। उनले पटेलसँग तेस्रो विकेटका लागि ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी, आरिफ सेख, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

1.3Kशेयर