भेनेजुएलाका भूकम्प पीडितलाई नेमारले गरे २.५ मिलियन सहयाेग

27 Jun, 2026
Share:
117 Shares

चोटले सताइएका ब्राजिलिय सुपरस्टार नेमार २ दिनअघि मात्र तीन वर्षपछि ब्राजिलको जर्सीमा देखिए। अहिले उनी ब्राजिललाई २४ वर्षपछि च्याम्पियन बनाउने लक्ष्यमा छन्।

विश्वकप भइरहेकै समय दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा ठूलो विनाशकारी भूकम्प गयो। त्यसमा झण्डै १ हजार जनाको मृत्यु भएको छ भने हजरौं घाइते भएका छन्। ठूलो मात्रमा भौतिक क्षतिहुँदा लाखौं भेनेजुएलाका जनता घरबारबिहीन भएका छन्।

यो दुःखको समयमा नेमार भेनेजुएलाका जनताको साथमा उभिएका छन्। र, उनी भेनेजुएलाका जनतालाई दुःखलाई कम गर्न सहयोग गरेका छन्।

भूकम्पको पीडामा रहेका भेनेजुएलाका जनताका लागि २.५ मिलियन अमेरिकी डलर (करिब ३ करोड ७५ लाख नेपाली रुपैयाँ) सहयोग प्रदान गरेका छन्।

यो रकम उद्धार तथा आपतकालीन राहत कार्यक्रम, पीडितहरूका लागि खाद्यान्न, शुद्ध पिउने पानी, औषधि तथा चिकित्सा सामग्री, अस्थायी आश्रय र अन्य अत्यावश्यक सहायता उपलब्ध गराउन प्रयोग गरिनेछ।

सहयोग पछि नेमारले भनेका छन्– मेरो मन भेनेजुएलाका जनतासँग छ। यो सहयोगले अकल्पनीय पीडाबाट गुज्रिरहेका परिवारहरूलाई केही बल मिलोस् र उनीहरूको दुःख कम गर्न सघाओस् भन्ने मेरो आशा छ।