सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

निगमको दौडमा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौँ, २२ कात्तिकः नेपाल आयल निगम लिमिटेड हवाई ईन्धन डिपो, सिनामङ्गलद्वारा आयोजित महिलातर्फ ५ किमि दौड प्रतियोगितामा प्रथम हुन सफल सुमना सापकोटा । तस्बिरः रत्न श्रेष्ठ÷रासस

दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम भए।

प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए। पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे।

यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम भएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गरिन्। शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भए। कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दूरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाइन्।

विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गरे।

निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोको संयोजनमा भएको सो प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्र गरी करिब १३० जनाको सहभागिता थियो।

1.3Kशेयर