विश्वकप खेल्ने नेपाली टिमको बिदाई, आइतबार श्रीलंका जाने

17 Jan, 2026
Share:
117 Shares

भारत र श्रीलंकामा संयुक्त रुपमा हुने टि–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो। नेपाली टोलीलाई क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्काले लगायतले विदाई गरे।

फेब्रुअरीमा हुने विश्वकपको तयारी नेपाली टिममले श्रीलंका र भारत गर्ने भएकाले नेपाली टोली चाँडै बिदाई गरिएको हो। नेपाली टोलीले श्रीलंकमा ३ र भारतमा २ अभ्यास खेल खेल्न् तालिका छ।

बिदाइ कार्यक्रममा‌ बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई‌ विश्वकपका लागि शुभकामना दिए। उनले भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ व्यक्त गरे।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

यस्तै, कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए। उनले सबै नेपालीलाई प्राउड फिल गराउने बताए।

नेपाली क्रिकेट टोलीले विश्वकपको‌ समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने छ। सबैखेल मुम्बईको वानेखेडेमा स्टेडियमा हुने छ।

Facebook Comments Box
[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]