एसिया रग्बीबाट घिसिङ सम्मानित

28 Nov, 2023

एसिया रग्बीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ।

नेपाल रग्बी संघका पूर्वअध्यक्ष समेत रहेका घिसिङलाई नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएवापत सम्मान गरिएको हो।

उज्वेकिस्तानको तास्केन्दमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङले उक्त अवार्ड पाएका थिए। सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए।

दुई वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । नेपाली रग्बीले सन् २०१८ मा एसिया रग्बी र यसै वर्ष विश्व रग्बीबाट पूर्ण सदस्यता पाएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]