सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनपिएलको मिति घोषणा, मंसिर १ देखि टियू मैदानमा हुने

उपराष्ट्रपति यादव काठमाडौँ, ३ भदौः उपराष्ट्रपति रामसहाय प्रसाद यादव १८औँ राष्ट्रिय सूचना दिवसको अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै । तस्बिरः किरणराज विष्ट÷रासस

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने एकमात्र फ्रेन्चाइजी लिग ‘नेपाल प्रिमियर लिग (एनपिएल)’को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

क्यानले बिहीबार एक सूचना प्रकाशित गर्दै एपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने जनाएको हो। प्रतियोगिता टियू मैदानमा हुनेछ।

सिद्धार्थ बैंक मुख्य प्रायोजक रहेको प्रतियोगिताको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो। लिगलाई स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

एनपिएलको दोस्रो संस्करणका लागि क्यानले मिनि अक्सन सम्पन्न गरिसकेको छ। रिनेट र अक्सनबाट सहभागी आठ टिमले कुल १० खेलाडीलाई टिममा समावेश गरेका छन्।

1.3Kशेयर