सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

रेइफरको उत्कृष्ट ब्याटिङमा पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य

नेपाल प्रियिमर लिगको जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टियू मैदानमा शनिबार भएको खेलमा पहिला ब्याटिङ गर्दै पोखराले ८ विकेटको क्षतिमा १३८ रन बनायो।

उसका लागि रेमोन रेइफरले पुनः एक पटक उत्कृष्ट इनिङ खेले। अघिल्लो खेलमा बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका रेइफरले काठमाडौंविरुद्ध पनि ३० बलमा ३ छक्का र १ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए।

यस्तै, दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा दिलिप नाथले २४ बलमा २७ रन बनाए। यही खेलमा डेब्यू गरेका भारतीय खेलाडी आकर्षित गोलेमले ८ रन मात्र बनाउन सके।

बलिङमा काठमाडौंका करण केसी र रसिद खानले समान ३ विकेट लिँदा माइकल लेविट र जेरार्ड इरास्मसले समान १ विकेट लिए।

५ खेलमा समान ४ अंक जोडेका दुवै टिमलाई प्लेअफ सम्भावना जिवितै राख्न आजको खेलमा जित आवश्यक छ। हारले प्लेअफ सम्भावना कमजोर बन्नेछ।

1.3Kशेयर