सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

एनपिएलको अक्सन आज, को बन्ला महँगो खेलाडी?

नेपाल प्रियिमर लिग (एनपिएल)को मिनि अक्सन आज हुँदैछ। दोस्रो संस्करणअघिको मिनि अक्सन आज अपरान्ह ३ः४५ बजे होटल टुलिपमा हुँदैछ।

अक्सनमा कुल १५० खेलाडी सहभागी हुँदैछन्। जसमा ए क्याटेगोरीमा ८, बी क्याटेगोरीका ३४ र सी क्याटेगोरीका १०७ खेलाडी छन्।

अक्सनमा ए क्याटेगोरीमा अलराउन्डर मोहम्मद अदिल आलम, विकेटकपिर ब्याट्सम्यान अर्जुन साउद, दिलिप नाथ, अलराउन्डर पवन सर्राफ, शदर भेषावकर, सुमन गौतम, ब्याट्सम्यान देव खनाल र स्पिनर सूर्य तामाङ छन्।

अक्सनमा अलराउन्ड अदिल आलममाथि सबैको नजर हुनेछ। उनलाई भित्र्याउन आठै टिमले प्रयास गर्ने अनुमान गर्न सकिन्छ। उनी नै अक्सनका महँगा खेलाडी हुने अनुमान छ।

अक्सनमा ए ग्रेडमा रहेका खेलाडीको मूल्य न्यूनमत १० लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म हुनेछ। यस्तै, बी ग्रेडका खलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैयाँ छ भने सी ग्रेडका खेलाडीको न्युनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको हो।

अक्सनमा खेलाडीमाथि दुई वा दुईभन्दा बढी टिमले अधिकतम मूल्यमा बोली लगाए गोलाप्रथाबाट खेलाडी छनोट गरिनेछ।

अक्सनअघि आठ टिममध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लाइन्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेका थिए भने च्याम्पियन जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले समान ७ खेलाडी रिनेट गरेका थिए।

1.3Kशेयर