सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

क्वालिफायरमा कर्णालीको खराब ब्याटिङ, जनकपुरलाई दियो ११९ रनको सामान्य लक्ष्य

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

नेपाल प्रियिमर लिगको क्वालिफायर २मा कर्णाली याक्सले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो।

कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै, देव खनालले २० बलमा ३ चौका र १ छक्का मद्दतमा २४ रन बनाउँदा विलियम बसिस्टोले १४ रन तथा जिशन मक्सुद र युनिस ठकुरीले समान १२ रन बनाए।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा जनकपुरका मोहम्मद मोहसिन खान, जिमी निशम र ललित राजवंशीले समान २ विकेट लिए भने शेर मल्ल र हर्ष थाकरले समान १ विकेट लिए।

क्वाफियार १ मा सुदूरपश्चिमसँग पारजित भएपछि जनकपुरले क्वालियार २ खेलेको हो भने कर्णाली एलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै क्वालिफायरमा आएको हो।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
1.3Kशेयर