सुदूरपश्चिम रोयल्सले थाल्यो प्रशिक्षण प्रशिक्षण

1 Nov, 2025
Share:
117 Shares

पहिलो सिजनको नेपाल प्रियिमर लिग (एनपिएल)को फाइनलिस्ट सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारी थालेको छ।

१ मंसिरबाट सुरु हुने प्रतियोगिताका लागि सुदूरपश्चिम रोयल्सले आजबाट प्रशिक्षण सुरु गरेको छ। मुख्य प्रशिक्षक जगत टमटाले काठमाडौं क्रिकेट एकेडेमी (केसीए)मा टिमलाई प्रशिक्षण दिएका छन्।

प्रशिक्षणको पहिलो दिन पाँच खेलाडी सहभागी भएका थिए । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ।

मुख्य प्रशिक्षक जगत टमटाले दोस्रो सिजनका लागि टिम कम्बिनेसन राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं । टिम झनै बलियो छ,’ टमटाले भने

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टिमः दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, विनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन।