नेपालको पुरुष टिम पनि काभा बिच भलिबलको फाइनलमा

3 Aug, 2024

नेपालको पुरुष बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई २–०को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपालले माल्दिभ्स बी लाई २१–१०, २१–१६ को सेटमा हरायो।

यसअघि नै नेपालको महिला टोली पनि प्रतियोगिताको फाइनलमा पुगिसकेको छ।

आजै हुने फाइनलमा पुरुष टिमले अब फाइनलमा माल्दिभ्स ए टिमसँग तथा महिला टोलीले फाइनलमा उज्वेकिस्तान ए टिमसँग खेल्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]